Incident Reports

पतिमाथि कारबाहीको माग गर्दै उजुरी

2014-10-29

Province 1, Dhankuta, Mahalaxmi

Santosh Ruchal धनकुटा । ०७१ कात्तिक १२ गते मूर्तिढुङ्गा गाविस-२ की २० वर्षीया मेनुका न्यौपानेले पति २६ वर्षीय नवीन भण्डारीले खानलाउन नदिएको भनी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पतिले खानलाउन नदिई आफूलाई मानसिक यातना दिएकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउन आजै सिधुवा प्रहरी चौकीलाई निर्देशन दिई सकिएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख असई सोमा तामाङले बताइन् । न्यौपानेले भण्डारीसँग तीन महिना अगाडि मात्र विवाह गरेकी थिइन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis