Incident Reports

बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने दुई महिला गिरफ्तार

2014-10-31

Bagmati, Nuwakot, Dupcheshwar

Nabadeep Shrestha नुवाकोट । ०७१ कात्तिक १३ गते बेतिनी गाविस-५ की ३० वर्षीया दम्वा तामाङलाई बोक्सीको आरोपमा केश मुण्डन गरिदिएको र बोक्सी भनेर मानसिक यातना दिएको आरोपमा प्रहरीले बेतिनी गाविस -५ का ३५ वर्षीया सुनीमाया तामाङ र ३१ वर्षीया मनुमाया तामाङलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । आरोपितहरूले गत कात्तिक ९ गते साँझ पीडितलाई बोक्सी भन्दै अभद्र व्यवहार गरेका थिए । आरोपितहरूलाई प्रहरीले बोक्सी सजायँ कसुर ऐनअर्न्तगत मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रकाशराज शर्माले बताए । नवदीप श्रेष्ठ

0 Comments

Related Reports
Related Trend Analysis