Incident Reports

र्‍यापर गिरिश खतिवडासहित तीन जनाविरुद्ध हत्या आरोप

2023-06-23

Province 1, Morang, Jahada

मोरङ – चर्चित र्‍यापर तथा संगीतकार गिरिश खतिवडासहित तीन जनाविरुद्ध हत्या आरोप लागेको छ।

विराटनगरको मेनरोडमा क्याफे रेष्टुरेन्ट सञ्चालन गर्दै आएका खतिवडासँगै अन्य तीन जनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए। प्रवक्ता दाहालले उनीहरुलाई नियन्त्रणमा नलिए पनि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

प्रहरीका अनुसार रेष्टुरेन्टमा मासु बिक्री गर्दै आएका धनपालथान गाउँपालिकाका व्यवसायी कासिद अन्सारीको मृत्युपछि पीडित परिवारले खतिवडासहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका हुन्।

पीडित परिवारले खतिवडासँगै क्याफेमा कार्यरत जहँदा गाउँपालिकाका करण राजवंशी, विराटनगरका अनुराग राउतविरुद्ध किटानी दिएका हुन्।

असार ३ गते बिहान करिब ११ बजे मासुको बक्यौता ४० हजार रुपैयाँ उठाउन अन्सारी क्याफेमा पुगेका थिए। कर्सिया बजारमा रहेको चाँदनी फ्रेस हाउसका सञ्चालक अन्सारीको रकम भुक्तानी माग्ने क्रममा रहस्यमय मृत्यु भएको पीडित परिवारले जनाएको छ।

यद्यपि, क्याफेमा कार्यरत कर्मचारीहरुले क्याफेमा लडेर घाइते भएपछि अन्सारीलाई विराटनगर अस्पताल तथा नर्सिङ होम उपचारका लागि पुर्‍याइएको जनाएका छन्। अन्सारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। मृतकका दाइ रसिद अन्सारीले उनको मृत्युमा खतिवडा र कर्मचारीको संलग्नता रहेको बताउँदै आएका छन्।

प्रहरीका अनुसार क्याफेमा रहेको सिसिटिभी फुटेजबारे थप अनुसन्धानका लागि डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ। खतिवडाले पछिल्लो समय विराटनगरमा ‘जी क्याफे एण्ड बिष्ट्रो’ सञ्चालन गर्दै आएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports