Incident Reports

सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरी हत्या

2023-06-26

Madhes, Siraha, Mirchaiya, Ward 8

सिरहा– सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।

 मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय राय कुर्मीलाई धारिलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटिएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।

कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्ये अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिनसक्ने प्रहरीको भनाई छ ।

लासलाई प्रादेशिक अस्पताल सिराहामा पोस्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports