Incident Reports

महोत्तरीमा गोली चल्यो, एक जना गम्भीर घाइते

2023-07-04

Madhes, Mahottari, Ramgopalpur, Ward 1

२० असार, जनकपुरधाम । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीका अनुसार स्थानीय  ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।

मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको डीएसपी गिरीले बताए ।

यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।

गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ । त्यसअघि उनलाई रामगोपालपुरकै जानकी एकेडेमीक हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि जनकपुर ल्याइएको हो ।

गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको डीएसपी गिरीले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports