Incident Reports

ज्याला वृद्धि माग गर्दै प्रदर्शनमा उत्रिए मजदुर

2023-07-09

Province 1, Morang, Biratnagar

विराटनगर । न्युनतम ज्याला वृद्धि गर्न माग गर्दै मजदुरहरूले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार प्रदर्शन गर्दै उनीहरुले मजदुरहरुलाई जीवन निर्वाह गर्न सक्ने गरी न्यूनतम ज्याला वृद्धि गर्न माग गरेका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ जिफण्टको आयोजनामा भएको विरोध प्रदर्शनमा मजदुरहरुले न्यूनतम ज्याला वृद्धि गर, महंगी नियन्त्रण गर, स्थानीय तहमा श्रम डेस्क स्थापना गर, समान कामको समान ज्याला लागू गर जस्ता नारा लगाएका थिए ।

विराटनगरको दूध फार्मदेखि शुरु भएको विरोध र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दै श्रम तथा रोजगार कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन् । सो प्रदर्शनीमा विभिन्न क्षेत्रमा कार्यरत मजदुर र मजदुर नेताहरुको सहभागिता रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis