Incident Reports

पत्नी हत्याका आरोपित गिरफ्तार

2014-11-01

Karnali, Surkhet, Birendranagar

Durga Thapa वीरेन्द्रनगर नपा-१५ अलायचौरका जयबहादुर मल्ललाई पत्नी हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । मल्लले धारिलो हतियार प्रयोग गरी पत्नी चिन्ता मल्लको हत्या गरेका थिए । मल्लले मदिरा सेवन गरी कात्तिक १३ गते घरमै पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नीको हत्या गरेपछि भाग्ने खोजेका उनलाई स्थानीयको सहयोगमा सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो । मल्ल अवकास प्राप्त नेपाली सेना हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी राजीव बस्नेतले मल्ललाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको बताए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis