Incident Reports

बोक्सीको आरोप लगाउँदै आगोले मुख झोस्नेहरू गिरफ्तार

2014-11-01

Madhes, Saptari, Shambhunath

Manohar Kumar Pokharel शम्भुनाथ गाविस-१० रामपुर जमुवाकी ५२ वर्षीया सकुन्तीदेवी साहलाई कथित बोक्सीको आरोप लगाउँदै मुखमा आगो झोस्ने सोही ठाउँका ५० वर्षीय कृष्णदेव सदा, निजकी पत्नी ४५ वर्षीया रेणु सदा, साली ४० वर्षीया रन्जना सदा, छिमेकीहरू ३० वर्षीय देवनारायण सदा र २८ वर्षीया कमला सदालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । आरोपितहरूले सोही ठाउँका बुधन सदाको ५ वर्षीया छोरीको पखालाका कारण कात्तिक १४ गते मृत्यु भएपछि टुनामुना गरी मारेको भन्दै पीडित र उनका पति ५८ वर्षीय भोला साहलाई कात्तिक १४ गते साँझ कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेका थिए । दिदीभिनाजुको घर आएकी भारत विहार मधुबनीको खुटौनास्थित जोखी पिपराहीकी रन्जनाले शम्भुनाथ गाविस-१० रामपुर जमुवास्थित डिहवार बाबाको मन्दिरमा धामी खेल्दै पीडित सकुन्तीको मुखमा माटोको भाँडामा आगो राखी तीन पटक झोसेकी थिइन् । पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कात्तिक १५ गते उजुरी दिएकी थिइन् । पीडितका पाँचजना छोरा छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायाण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis