Incident Reports

महिला हत्याको छानबिनका लागि दवाव दिन समिति गठन

2014-11-02

Gandaki, Tanahun, Bhimad

Prakash Chandra Bhattarai तनहुँ । ०७१ कात्तिक १७ गते किहुँ गाविस-४ चाम्बोटकी ३० वर्षीया आईतमाया विकको हत्यामा संलग्नलाई कारबाहीका लागि दबाव दिने उद्देश्यले कात्तिक १६ गते किहुँ गाविस कार्यालयमा बसेको र्सवदलीय र र्सवपक्षीय भेलाले २९ सदस्यीय दबाव समिति गरेको छ । भेलाले एकीकृत नेकपा माओवादीका पूर्व केन्द्रिय सदस्य रमेश सिग्देलको संयोजकत्वमा २९ सदस्यीय दबाव समिति गठन गरेको हो । असोज २२ गते घरमै हत्या भएको अवस्था लाश फेला परेकोमा आफन्त तथा छिमेकीले मृत्यु भएको नभई हत्या गरिएको आशंका गर्दै प्रहरीलाई व्यवस्थित रुपमा अनुसन्धान गर्नका लागि दबाव दिन समिति गठन गरिएको संयोजक सिग्देलले बताए । दवाव समितिमा इन्सेकद्वारा जिल्लामा गठित मानवअधिकार निगरानी समितिका संयोजक होमबहादुर थापा, वडा नागरिक मञ्चका संयोजकहरू होमबहादुर राना, रधुनाथ लम्साल, कृष्णप्रसाद वाग्ले, टेकबहादुर थापा, इसुफदिन मियाँ, होमबहादुर राना, मोहन आले, डोलबहादुर परियार, बालकृष्ण शर्मा लगायत रहेका छन् । भेलामा नेपाली काँग्रेसका सभापति ओमप्रकाश शर्मा, नेकपा एमालेका अध्यक्ष सोमनाथ शर्मा, एकिकृत नेकपा माओवादीका अध्यक्ष विश्वमित्र सिग्देल, नेकपा माओवादीका इन्चार्ज तुलसीप्रसाद सिग्देलको समेत सहभागिता रहेको थियो । घटना भएको लामो समय भईसक्दा समेत प्रहरीले हत्यामा संलग्नलाई गिरफ्तार गर्न सकेको छैन । डीएसपी विद्यानन्द माझीको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको छ । एसपी मोहनकुमार आचार्यले डिएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन गरी घटनाको सूक्ष्मरूपले अनुसन्धान गरेपनि हत्यामा संलग्नको पहिचान गर्न नसकिएको बताए । प्रकाशचन्द्र भट्टराई

0 Comments

Related Reports
Related Trend Analysis