Incident Reports

वडाध्यक्षकै अगाडि पोलमा बाँधेर कुटपिट

2023-07-30

Madhes, Rautahat, Gaur, Ward 3

रौतहट सदरमुकाम गौरमा एक युवकलाई जनप्रतिनिधिकै उपस्थितिमा बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । गौर नगरपालिका– ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई आइतबार अपराह्न ४ बजेतिर केही स्थानीयले कुटपिट गरेको भिडियो ‘भाइरल’ बनेको छ । जसमा गौर– ३ का वडाध्यक्ष अब्दुल ताहिर रमिते बनेका देखिन्छन् ।

प्रिन्सका दाजु अलियास अन्सारीका अनुसार आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ देखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको थियो । उनीहरूले प्रिन्सलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटपिट गरेको उनले बताए । ‘भाइलाई बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही हुनुपर्छ,’ अलियासले भने ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार कुटपिटको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिइएको छ । ‘पीडितको घाउ जाँच प्रक्रिया अघि बढाइसकेका छौँ,’ घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

स्थानीयका अनुसार गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा गाउँका स्थानीय सोनु अन्सारीसँग प्रिन्सको विवाद भएको थियो । घटना भएको दिन आफूहरू सबै परिवार वीरगन्ज गएको मौका छोपेर उनीहरूले भाइलाई कुटपिट गरेको अलियासले बताए । प्रिन्सको आइतबार गौर अस्पतालमा उपचार भएको छ । घटनाबारे वडाध्यक्ष ताहिरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो ।

प्रिन्सका दाजु अलियास अन्सारी भन्छन्–भाइलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटे

आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ बजेदेखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर भाइलाई निर्घात कुटपिट गरेछन् । ती व्यक्तिले भाइलाई कुटेको भिडियो नै सार्वजनिक भइसकेको छ, संलग्नहरू स्पष्टै देखिसकेका छन् । उनीहरूले भाइलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्ती प्रहार गरेका छन् । निर्घात कुटपिट भइरहँदा वडाध्यक्ष अगाडि बसेर हेरिरहेका छन् । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गर्छु ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports