Incident Reports

सुरक्षा गार्डको हत्या गरेको आरोपमा २ जना पक्राउ

2023-06-01

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा रहेका छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका मिर्चैया–७ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत असार ११ गते हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ ।

दुबै अभियुक्तले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । प्रहरीका अनुसार दुबै अभियुक्त लागुऔषध सेवनकर्ता छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports