Incident Reports

बहुविवाहविरुद्ध उजुरी

2014-11-03

Madhes, Bara, Mahagadhimai

Laxmi Sah Sonar बारा । ०७१ कात्तिक १८ गते महेशपुर गाविस-४ की २१ वर्षीया अरबुन नेसाले २५ वर्षीय पति बसरुदिन मियाँमाथि बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरीमा कात्तिक १७ गते उजुरी दर्ता गरेकी छिन् । विवाह भएको दोस्रो वर्षा बच्चा नजन्मिएपछि घरबाट निकाला गर्दा आफु माइतीमा बस्दै आएको अवस्थामा पतिले बहुविवाह गरको अरबुन नेसाले बताइन् । दुई वर्षअघि दुबैको राजीखुसीमा विवाह भएको थियो । बहुविवाह गरेपछि बसरुदिन र कान्छी पत्नी फरार छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । यसैबीच, कलैया नगरपालिका-१ की ३२ वर्षीया मंजुदेवी मण्डलले कात्तिक १७ गते ३५ वर्षीय आफ्नो पति बाबुलाल मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय अर्न्तर्गत महिला सेलमा उजुरी दिएकी छिन् । घरमा सधैं कुटपिट र गालीगलौज गरी खान लाउन नदिएकाले उजुरी दर्ता गर्नु परेको पीडित मंजुले बताइन् । सामान्य परिवारका मण्डलले आफु र आफ्नो परिवारका सदस्यलाई मानसम्मान नगरेकाले सामान्य कुटपिट गरेको बताए । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis