Incident Reports

कुटपिटबाट महिलाको मृत्यु

2023-08-10

Bagmati, Makawanpur, Bakaiya, Ward 8

मकवानपुरको बकैया गाउँपालिका– ८ देउता खोलाकी ४५ वर्षीया जालीमाया घिसिङको कुटपिटबाट मृत्यु भएको छ।

गत २५ साउनमा देउता खोलाकै ४८ वर्षीया पातलीमाया भोलनको कुटपिटबाट घाइते भएकी जालीमायाको आज मृत्यु भएको हो। उनको टाउकोमा चोट लागेको थियो।

३१ साउनदेखि हेटौँडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेकोमा अस्पतालले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौं रिफर गरेको थियो। आर्थिक अभावका कारण थप उपचारका लागि काठमाडौं लैजान नसक्ने भन्दै घर ल्याउने क्रममा बाटोमै उनको ज्यान गएको हो।

प्रहरीले कुटपिटमा संलग्न पातलीमायालाई आज बिहान घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कुटपिट भएको तीन दिनपछि २८ साउनमा वडाको न्यायिक समितिमा दुवै पक्षबीच कुटपिट गर्ने पातलीमायाले घिसिङको सम्पूर्ण उपचार खर्च व्यहोर्ने गरी सहमतिमा मिलापत्र भएको थियो।

त्यसको तीन दिनपछि ३१ साउनको राति जालीमाया बेहोस भएकी थिइन्। त्यसपछि उनलाई परिवारले उपचारका लागि चुरेहिल अस्पताल पुर्‍याएको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports