Incident Reports

बेवारिसे सुतली बम विस्फोट

2014-11-05

Karnali, Humla, Sarkegad

Suresh Pariyar रोदीकोट गाविस-१ मा राहदेवमा कात्तिक १६ गते बेवारिसे सुतली बम विस्फोट हुँदा स्थानीय १९ वर्षीय कमल एडी घाइते प्रहरीले जानकारी गराएको छ । एडीले बाख्रा चराइरहेको अवस्थामा अन्दाजी ८०/९० ग्रामको कालो डल्लो बस्तु देखेपछि, उचालेर हेर्न लाग्दा उक्त बस्तु उनको हातमै पड्किएको थियो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको छ । विस्फोटनका कारण एडीको बायाँ हातको चोर औंलाको केही भाग काट्नु परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्ण बहादुर कुँवरले बताए । घटनास्थल सदरमुकाम देखि ३२ कोस टाढा रहे पनि प्रहरीले घटनाको स्थलगत अनुसन्धान गरेको डीएसपी कुँवरले बताए । सुरेश परियार

0 Comments

Related Reports
Related Trend Analysis