Incident Reports

महिलाको शव फेला, बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको भनाइ

2014-11-09

Madhes, Saptari, Surunga

Manohar Kumar Pokharel मधुपट्टी गाविस-९ स्थित खोलाकिनारमा नाम थर, ठेगाना नखुलेको एक महिलाको हत्या गरी फालिएको अवस्थामा कात्तिक २२ गते शव फेला परेको छ । मधुपट्टी गाविस-९ स्थित लोकमार्गदेखि उत्तर रहेको खोलाको डिलमा करिब २२ वर्षीया महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शरीरभरी घाउ चोटपटक लागेको अवस्थामा अपरिचित युवतीको लाश भेटिएकोले बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । डिएसपी केदार ढकालका अनुसार लाशलाई पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis