Incident Reports

पत्नी हत्याका दोषीलाई सर्वस्वसहित आजीवन कैदको सजाय

2014-11-10

Lumbini, Rukum East, Sani Bheri

Adarsha KC रुकुम । ०७१ कात्तिक २४ गते गराइला गाविस-४ का ३५ वर्षीय प्रजित ओलीलाई २७ वर्षीया पत्नी विमला ओलीलाई हत्या गरेको आरोपमा जिल्ला अदालत रुकुमले दोषी ठहर गरी सर्वस्वसहित आजीवन कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले कात्तिक २४ गते उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार लोकबहादुर हमालले जानकारी दिए । तीज मान्न माइत हिँडेकी पत्नी बिमला ओलीलाई आरोपित प्रजित ओलीले गरायला-४ स्थित मौराखारा जङ्गलमा भदौ ९ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले भदौ १० गते राती विजयश्वरी गाविसबाट गिरफ्तार गरेको थियो । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis