Incident Reports

बलात्कार घटनाका आरोपितलाई थुनामा राख्न अदालतको आदेश

2014-11-12

Ramila Tandukar १७ र १८ वर्षीया दुई किशोरी बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका धादिङ जिल्ला नलाङ गाविस-१ का २७ वर्षीय किसान भनिने केशर थापालाई जिल्ला अदालत भक्तपुरले कत्तिक २५ गते थुनामा राख्ने आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले सो आदेश गरेको हो । आरोपितले सिन्धुपाल्चोकको जलबिरेबाट असोज २६ गते पीडितहरूलाई गाडीमा राखी भक्तपुरस्थित अरनिको होटलमा ल्याएर बलात्कार गरेको भन्दै पीडित परिवारले जगाती प्रहरी वृत्त भक्तपुरमा असोज २८ गते जाहेरी दिएका थिए । पीडित दुई किशोरीको उजुरी परेकै दिन त्रिविवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपित थापालाई असोज २९ गते गिराफ्तार गरिएको थियो । रमिला तण्डुकार

0 Comments