Incident Reports

सातामा चारदिन मात्र विद्यालय जान्छन् दलित बालबालिका

2014-11-13

Suresh Pariyar हुम्ला । ०७१ कात्तिक २७ गते सर्कीदेउ गाविसका दलित बालबालिका सातामा चार दिन मात्र विद्यालय जान्छन् । उनीहरूसँग पाठ्य सामग्री पनि छैन । घरमा खानेकुरा र पढ्नका लागि शैक्षिक सामग्री नभए पछि आफूहरूले कथित माथिल्लो जातको घरमा काम गर्नु परेका कारण सातामा चार दिन मात्र विद्यालय जाने गरेको कोट प्रावि सर्कीदेउका विद्यार्थी वीरजित परियारले बताए । कथित उपल्लो जातका बालबालिकाले आफूहरुलाई हेलाको दृष्टिले हेर्ने र पढ्नका लागि पाठ्य सामग्री नभए पछि पुरा समय पढ्न नपाएको गुनासो कक्षा पाँचमा पढ्ने धनमाया परियारले गरिन् । पद्ने सामाग्री किन्न घरमा बुवाआमासँग पैसा नभए पछि धनीहरूको मेलामा काम गरेर कापी कलम किन्ने गरेको कक्षा पाँचमा पढ्ने विद्यार्थी इकुमाया परियारले बताइन् । दलितबस्तीमा अशिक्षा, गरिवी हुनु र पुरानो परम्परालाई छोड्न नसक्नुको कारणले पनि दलित विद्यार्थी विद्यालयमा कम उपस्थित हुने गरेको कोट प्रावि सर्कीदेउका शिक्षक नवराज फडेराले बताए । सुरेश परियार

0 Comments