Incident Reports

एक महिलाको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

2014-11-13

Madhes, Dhanusha, Rajbiraj

Binod Kumar Rabidas एक महिलाको घाँटी थिची हत्या गरेको अवस्थामा मखनाहा गाविस–४ स्थित गोविन्दपुरमा कात्तिक २७ गते दिउँसो लास फेला परेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गणेश बरालले बताएका छन् । सबैला गाविस–९ की ३५ वर्षीया समरिया देवी ठाकुरलाई कात्तिक २६ गते बलात्कारपछि हत्या गरेको आशंका रहेको इन्सपेक्टर बरालले बताए । घटना के कति कारणले कसले गरेको हो नखुलेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन् । मृतकका २ जना छोराछोरीहरु छन् भने पतिको मृत्यु भइसकेको एक जना स्थानीयले जानकारी दिए । लासको पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ । घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको इन्सपेक्टर बरालले जानकारी दिएका छन् । विनोद कुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis