Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-11-14

Province 1, Morang, Rangeli

Suk Dev Chaudhary मोरङ । ०७१ कात्तिक २८ गते १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा दर्वेशा गाविस-४ का ४० वर्षीय रोहित विश्वकर्मालाई प्रहरीले कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडितले प्रहरीमा दिएको उजुरीअनुसार आरोपितले कात्तिक २० गते मादकपदार्थ सेवन गरी ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनायो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक २७ गते नै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भएको प्रहरीले जानकारी दिएको छ । आरोपितविरुद्ध जबरजस्तीकरणीसम्बन्धी मुद्दा चलाउने इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर नरेन्द्र कुँवरले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis