Incident Reports

कुटपिटको आरोपमा सौताका छोराविरुद्ध अदालतमा मुद्दा दर्ता

2014-11-13

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhrel सप्तरी । ०७१ कात्तिक २८ गते राजविराज नपा-७ की ५१ वर्षीया बिमलादेवी मेहतर र उनकी ११ वर्षीया नातिनी शितलकुमारीलाई कुटपिट गरेको आरोपमा पीडितले सौताका छोरा ३५ वर्षीय मनोजकुमार मेहतरविरुद्ध जिल्ला अदालतमा कात्तिक २७ गते मुद्दा दर्ता गरेकी छन् । आरोपितले घरभित्र प्रवेश गरी कात्तिक २ गते लाठी, मुडकीले कुटपिट गर्दा पीडित घाइते भएकी थिइन् । पीडितको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा उपचार भएको थियो । पति रामप्रसाद मेहतरलाई उस्काई आफूहरूविरुद्ध मुद्दा दिन लगाएको भन्दै आरोपितसहित उनकी आमा ५२ वर्षीय रुक्मणीदेवी मेहतरले कुटपिट गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis