Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध प्रहरीमा उजुरी

2014-11-14

Province 1, Dhankuta, Dhankuta

धनकुटा । ०७१ कात्तिक २८ गते भीरगाउँ गाविस-४ की ३३ वर्षीया सप्सुमाया राईले पति २९ वर्षीय पञ्चबहादुर राईले कुटपिट गरेको भन्दै कात्तिक २८ गते प्रहरीमा उजुरी दिएकी छन् । पतिले मादक पदार्थ सेवन गरी दैनिकजसो बिनाकारण कुटपिट गरेको भन्दै महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएको पीडितले बताइन् । घटनाको विषयमा सत्यतथ्य बुझेर कारबाही प्रक्रिया अघि बढाइने महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख असई सोमा तामाङले बताइन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis