Incident Reports

दुई जना बालिका भारतको विहारबाट उद्दार

2014-11-15

Sur Bahadur Pariyar भारतको बिहारमा बेचिएकी १५ वर्षीय र १३ वर्षीय दुई बालिकालाई माइती नेपाल धनगढीले उद्धार गरेको कात्तिक २९ गते धनगढीमा एक कार्यक्रमको आयोजना गरी जनाएको छ । दुई बालिकालाई भारतको विहार राज्यको छाप्रा शहरमा रहेको म्याजिकल अर्केस्टा ग्रुपबाट माइती नेपाल धनगढीका संयोजक शिवरचण चौधरीको नेतृत्वमा गएको टोली र बिहार प्रहरीको सहयोगमा कात्तिक २८ गते उद्धार गरिएको माइती नेपालले जनायो । उद्धार गरिएकी बालिका हाल माइती नेपालको सेफ हाउसमा छन् । सुरबहादुर परियार

0 Comments