Incident Reports

मानव बेचविखनका आरोपितलाई २५ वर्षको जेल सजाय

2014-11-15

Tamila Tandukar दोलखा जिल्ला बिगु गाविस-१ छोइयाङ् स्थायी घर भइ काठमाडौँ जैसीदेवल बस्ने २९ वर्षीय असिमराज तामाङलाई मानव बेचविखनमा संलग्न भएको आरोपमा जिल्ला अदालतको कात्तिक २६ गतेको इजलासले २५ वर्षको जेल सजाय सुनाएको छ । आरोपित तामाङविरुद्ध पीडितका बाबुले ०६९ असार ५ गते उजुरी दर्ता गरेका थिए । पीडितका बुबा सानुबाबुकाअनुसार २०६८ माघ १७ गते आफ्नी १४ वर्षीया छोरीलाई आरोपितले खासाको एक होटेलमा मासिक १० हजार रुपियाँ तलबमा काम लगाइदिने भन्दै पुरानो बसपार्कबाट गाडीमा खाडीचौर हुँदै राती ८ बजे सिमानामा लगेको र त्यतै तिरको एउटा लजमा राखी भोलिपल्ट माघ १८ गते मितेरी पुल पारी चीनको खासामा रहेको माप्फालीझुप्पा लजमा राखेर आरोपित भागेर गएका थिए । जिल्ला अदालत भक्तपुरका न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले तामाङलाई जेल र जरिवानासहित पीडित महिलालाई १ लाख २५ हजार रुपियाँसहित क्षतिपूर्ति दिनु पर्ने फैसला पनि सुनाएको भक्तपुर जिल्ला अदालतले जनाएको छ । रमिला तण्डुकार

0 Comments