Incident Reports

कुटपिटको गरेको आरोपमा पतिविरुद्ध उजुरी

2014-11-16

Bagmati, Kathmandu, Kathmandu

नुवाकोट जिल्ला खड्गभञ्ज्याङ गाविस घर भइ हाल काठमाडौँ मनपा-२४ मख्खन डेरा गरी बस्ने २८ वर्षीया राधिका पौडेलले पति ३५ वर्षीय राजु पौडेलविरुद्ध कात्तिक २७ गते कुटपिट गरेको भन्दै शान्ति सुरक्षाको माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा कात्तिक ३० गते उजुरी दिएकी छन् । पति राजुले घर बाहिर निस्कन नदिने, कोहीसँग बोले हिँडे अमानवीय तरिकाले कुटपिट गर्ने गरेकोले आफू अन्यायमा परेको पीडितले बताइन् । सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक गीता थापाले आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रियामा ल्याउन आजै महानगरीय प्रहरी जनसेवालाई पत्राचार गरेको बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis