Incident Reports

खानलाउन नदिएको आरोपमा पतिविरुद्ध उजुरी

2014-11-17

Province 1, Dhankuta, Mahalaxmi

सुनसरीको धरान नपा-२३ स्थायी घर भई हाल धनकुटा मारेककटहरे गाविस-९ मा रहेको माइतीमा बस्दै आएकी ३१ वर्षीया सानुका कटुवालले पति २९ वर्षीय कमल कटुवालले आफू र छोरालाई खानलाउन नदिई बारम्बार कुटपिट गरेको भन्दै मङ्सिर १ गते प्रहरीमा उजुरी दिएकी छिन् । आठ वर्षअगाडि कमलसँग विवाह गरेकी सानुकाको सात वर्षो एक छोरा रहेका छन् । पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई कार्यालयमा झिकाउने प्रक्रिया आजै अगाडि बढाएको र आरोपित दोषी देखिए कारबाही गरिने सेवा केन्द्रकी प्रमुख असई सोमा तामाङले बताईन् । सन्तोष रुचाल

0 Comments