Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-11-16

Province 1, Sunsari, Itahari

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इटहरी नपा-८ का २३ वर्षीय शम्भु मल्लिकलाई प्रहरीले कात्तिक ३० गते राती गिरफ्तार गरेको छ । कात्तिक ३० गते साँझ घरमा कोही नभएको मौका पारी बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले उजुरी गरेपछि आरोपितलाई राती नै गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बालिकाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो । शेखर ढकाल

0 Comments