खानलाउन नदिएको आरोपमा बारा जिल्ला डुमरवाना गाविस-४ घरभई हाल काठमाडौँ मनपा-२ लाजिम्पाट बस्ने पति ३५ वर्षीय आइतसिंह तामाङविरूद्ध उनकी पत्नी ३० वर्षीया सम्झना तामाङले मङ्सिर १ गते महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् ।
सेवा केन्द्रकी प्रहरी नायव निरीक्षक गीता थापाले आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रियामा ल्याउन आजै महानगरीय प्रहरी वृत्त लैनचोरलाई पत्राचारको गरेको बताइन् ।
विवेक ढुङ्गाना