Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-11-18

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बतासे गाविस-९ स्थित खालेका २८ वर्षीय दोर्जे तामाङलाई मङ्सिर १ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले आफूलाई बलात्कार गरेको भन्दै पीडितले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकोमा साउन १३ गते जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको थियो । आरोपित फरार भए पनि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया पूरा गरी भदौ ६ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पीडितलाई साउन १० गते दिउँसो बतासे गाविस-९ स्थित हिप्लु पाखामा स्याउला काट्न जाँदा आरोपितले बलात्कार गरेको पीडितको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते चौतारा अस्पतालमा गराई चौतारास्थित पुनःस्थापना केन्द्रमा राखिएको छ । नातिबावु धिताल

0 Comments