Incident Reports

महिला बेचबिखनका आरोपित गिरफ्तार

2014-11-26

Madhes, Parsa, Sakhuwa Prasauni

Pratap Bista मकवानपुर । ०७१ मंसिर १० गते पाँच वर्षअघि मकवानपुर गढी गाविस- ८ की २८ वर्षीय महिलालाई भारतको कलकत्तास्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा हेटौँडा नगरपापलिका- ११ की सावित्री घिमिरे र घिमिरेका पति राजुलाई प्रहरीले मंसिर ९ गत गिरफ्तार गरेको छ । सानीमाया ५ वर्षपछि असक्त अवस्थामा मंसिर ५गते हेटौडा नवलपुरस्थित माइत आइपुगेकी छिन् । उनलाई भारतस्थित सिलगुडीको एक गैरसरकारी संस्थाले उनको माइतीमा ल्याएर छाडेको हो । आमाजु सावित्री घिमिरेले २०६६ असारमा सानुमायालाई पति पनि कलकत्तामा नै काम गर्छन् भेट्न जाउँ भनी कलकत्ताको कोठीमा बिक्री गरेकी थिइन् । सानुमायाको पति कोलकत्तामा नै काम गर्छन् । कोठीको सञ्चालकले सानुमायालाई जिब्रो काटी र कुटपिट गरेर मरणासन्न अवस्थामा सिलगुढी बजारको फोहोरको थुप्रोमा फालिदिएका थिए । सिलगुडीस्थित गैरसरकारी संस्थाले फोहोरवाट उनलाई उद्धार गरी औषधी उपचारपश्चात हेटौँडास्थित माइती ल्याएर राखिदिएका हुन् । 'जिब्रो काटेका कारणले उनी प्रष्ट वोल्न सक्तिनन'माइती नेपाल हेटौडा शाखाकी प्रमुख माया लामाले भनिन,'शरीर भरी कुटपिट गरेकाले घाउ नै घाउ छ ।' उनी हिँडडुल गर्न सक्ने अवस्थामा पनि छैनन् । सानीमायाको भनाइअनुसार साबित्री र उनको पतिलाई अनुसन्धान गर्न नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक थापाले वताए । प्रताप विष्ट

0 Comments