Incident Reports

बलत्कार प्रयासका आरोपित असई थुनामा

2014-11-25

Province 1, Khotang, Barahapokhari

DM Chamling Rai खोटाङ । ०७१ मङ्सिर ९ गते मानसिक सन्तुलन गुमाएकी १८ वर्षीया एक युवतीलाई बलत्कार प्रयास गरेको आरोपमा मुद्दा चलाइएका बराहापोखरी प्रहरी चौकीमा कार्यरत असई २४ वर्षीय राजेन्द्रप्रसाद यादवलाई जिल्ला अदालत खोटाङले मङ्सिर ९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार शाखा दिक्तेल चलान गरिएको छ । आरोपितले कात्तिक १० गते राती बलत्कार प्रयास गरेको आरोपमा यादवलाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरी जबरजस्तीकरणी उद्योग महल अर्न्तर्गत मुद्दा चलाएकोमा जिल्ला अदालतका श्रेष्तेदार भीष्म भट्टराईको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । घरैमा सुतीरहेकी युवतीलाई सुतेको ठाउँमै गएर बलात्कार गर्न खोजेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय चिसापानीमा कात्तिक ११ गते दिएको जाहेरीको आधारमा आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाइएको थियो । मिलको फित्ताले बेरेर मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले बलात्कार गर्न खोजेपछि चिच्याउँदा आफूहरूले थाहा पाएको आफन्तले दिएको उजुरीमा उल्लेख छ । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis