Incident Reports

No translation available.

2014-12-02

Nepal

Bibek Dhungana जिल्ला अदालतले बालिका बलात्कारका दुई दोषीलाई १६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश पशुपति आचार्यको एकल इजलासले काठमाडौँ मनपा-४ का रविन चालिसे र मनपा-१६ का रविन श्रेष्ठलाई १६ वर्षहित पीडित बालिकालाई जनही एक लाख रुपिया क्षतिपूर्ति उपलव्ध गराउने मङ्सिर १५ गते फैसला गरेको हो। बालमन्दिरको विद्यार्थी सङ्गठनका अध्यक्ष रहेका चालिसे र परियोजना प्रमुख श्रेष्ठविरुद्ध बालबन्दिरका सुस्त मनस्थिति भएका तीन बालिकालाई दुवैले बलात्कार गरेको ठहर गर्दै अदालतले सजाय सुनाएको हो । पीडित बालिकाहरूले आफूहरूलाई अश्लिल भिडियो देखाई बाथरुम र लाईब्रेरीमा लगी पटक पटक बलात्कार गरेको अदालतमा बयान दिएपछि सो फैसला सुनाइएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुवैलाई ०७१ जेठ महिनामा गिरफ्तार गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । आरोपितहरूविरुद्ध अनुसन्धान ब्यूरोले ०७१ असार २९ जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर गरेको थियो । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis