Incident Reports

बलात्कार प्रयासको आरोपमा एक गिरफ्तार l

2014-12-04

Province 1, Sunsari, Dharan

Shekhar Dhakal सुनसरी । ०७१ मङ्सिर १८ गते १४ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई इलाका प्रहरी कार्यालय धरानले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पटकपटक बलात्कारको प्रयास गर्ने गरेको र नमान्दा कुटपिट गरेको भन्दै पीडितका काकाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सञ्जयसिंह थापाले बताए । आरोपित इलाका प्रहरी कार्यालय धरानको हिरासतमा छन् । पीडितपक्षले मङ्सिर १६ गते प्रहरीलाई उजुरी गरेको थियो । पीडितको मङ्सिर १६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनायो । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis