Incident Reports

सामूहिक बलात्कार घटनाका सात जना आरोपितविरुद्ध मुद्दा दायर

2014-12-03

Madhes, Bara, Mahagadhimai

Laxmi Sah Sonar बारा । ०७१ मङ्सिर १८ गते २८ वर्षीया एक भारतीय महिलालाई मङ्सिर १६ गते बरियारपुर-२ स्थित गढीमाई मेलामा सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले सोही दिन घटनास्थलबाटै गिरफ्तार गरी मङ्सिर १७ गते मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र रेग्मीकाअनुसार कलैया-७ का १७ वर्षीय अमित सर्राफ, १८ वर्षीय सतिश सिंह, विवेक साह, रोशन श्रीवास्तव, सोही गाविस-८ का २० वर्षीय इन्ताज आलम, सोही गाविस-१३ का २२ वर्षीय बब्लु साह र सोही गाविस-४ का २२ वर्षीय विकास साहमाथि मुद्दा चलाइएको हो । प्रहरीले पीडित महिलालाई मङ्सिर १६ गते बिहान रत्ताम्य अवस्थामा फेला पारेको थियो । 'पीडितको बयान, स्वास्थ्य परीक्षण र घटना प्रकृति हेर्दा बलात्कार खुलेपछि आरोपितलाई गिरफ्तार गरिएको छ,'-डीएसपी रेग्मीले भने। पीडितको घटना भएकै दिन जिल्ला अस्पताल कलैयामा स्वास्थ्य परीक्षण भयो । आरोपितहरुलाई जिल्ला प्रहरी कार्याल्य हिरासतमा राखिएको प्रहरीले जनाएको छ । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis