Incident Reports

बालिका बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा

2014-12-09

Narayan Parajuli एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत कुसिनगर घर भई तिलकपुर गाविस-५ स्थित सिमेन्ट फेक्टी्रमा कार्यरत मजदुर २० वर्षीया दिनेश गुप्तालाई जिल्ला अदालतले मङ्सिर २३ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । आरोपितलो ०७१ कात्तिक २९ गते रुपन्देही जिल्लाको बेलहिया सीमा क्षेत्रमा बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७१ कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । आरोपितलाई कात्तिक ३० गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरेको थियो । बालिकाका कात्तिक ३० गते जिल्ला अस्पताल परासीमा स्वास्थ्य परीक्षण गरिएको थियो । नारायण पराजुली

0 Comments