Incident Reports

पत्रकारलाई मार्ने धम्की दिएको आरोपमा एक गिरफतार

2014-12-11

Madhes, Siraha, Dhangadhimai

Durga Pariyar साक्षी पोष्ट दैनिक पत्रिकाका सम्पादक २८ वर्षीय सन्तोष यादव र ३७ वर्षीय प्रकाशक विजय यादवलाई मार्ने धम्की दिएको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फुलकाहाकट्टी गाविस -३ का ४० वर्षीय देवनाथ यादवलाई मंसिर २४ गते गिरफ्तार गरेको छ । सामाचारको विषयलाई लिएर मंसिर ६ गते साँझ ७ बजेको समयमा एनसेल कम्पनीको मोबाइल नम्बर ९८१५७२६१२१ र ९८१५७०१११६ बाट आरोपितले फोन गरी गालीगलौज र मार्ने धम्की दिएको आरोपमा पत्रकार यादवले मंसिर ७ गते इलाका प्रहरी कार्यालयमा उजुरी गरेका थिए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालकाअनुसार घटनाको छानबिन गर्दा आरोपितले फोन गरी धम्की दिएको अनुसन्धानबाट खुलेपछि उनलाई गिरफ्तार गरी केही र्सार्वजनिक अपराधको मुद्दा दर्ता गरी मंसिर २५ गते अनुसन्धानको लागि म्याद थप गराएको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis