Incident Reports

बालिका बलात्कारका आरोपितलाई ६ वर्षकैद सजाय

2014-12-11

Bagmati, Bhaktapur, Madhyapur Thimi

Ramila Tandukar जल्ला अदालत भक्तपुरले बलात्कारका आरोपितलाई ६ वर्षकैदको फैसला सुनाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले मध्यपुर थिमी नगरपालिका -११ का २२ वर्षीय विशाल खड्गीलाई ६ वर्षकैद सजाय तथा एक लाख क्षतिपूर्ति तिनुपर्ने फैसला सुनाएको छ । आरोपितले बालिकालाई ०७० जेष्ठ २२ गते देखि विभिन्न प्रलोभन मा पारी पटक पटक बलात्कार गरेको र बालिकाको गर्भ रहेको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो । बच्चा जन्मिसकेकाले आरोपित खड्गीको सम्पतिबाट असुल गर्ने गरी तत्कालका लागि एक लाख रुपियाँ आरोपितबाट भराउन फैसला सुनाएको छ । साथै बालिकाको झुटो उमेरको विवरण दिने कलती भूमिडाँडाका गाविस सचिव रामेश्वोर न्यौपानेमाथि पनि आवश्यक कानुनी कारबाही गर्न अदालतले निर्देशन दिएको छ । रमिला तण्डुकार

0 Comments