Incident Reports

अपाङ्गता भएकी बालिका बलात्कार आरोपमा एक गिरफ्तार

2014-12-11

Madhes, Dhanusha, Mithila Bihari

Binod Kumar Rabidas अपाङ्गता भएकी १५ वर्षीया एक बालिकालाई मङ्सिर २४ गते साँझ बलात्कार गरेको आरोपमा भुतही पटेर्वा-५ का २५ वर्षीय रामहृदय दासलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । गहुँ खेतमा पानी पटाउन गएकी बालिकालाई जबरजस्तीकरणी गरेको पीडित पक्षको आरोप छ । आरोपित दासलार्इ घटनास्थलबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर सुभाष खड्काले बताए । घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जनाए । पीडित परिवार आजर् इलाका प्रहरी कार्यालय धुनषाधाममा उजुरी दिने प्रक्रियामा रहेको प्रहरीले जनायो । पीडित बालिकालाई जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बिनोदकुमार रविदास

0 Comments