Incident Reports

महिला बलात्कारका आरोपितलाई दश वर्षकैद सजाय

2014-12-11

Province 1, Khotang, Kepilasagadhi

DM Chamling ४० वर्षीया एक सुस्तमनस्थितिकी दलित महिलालाई बलत्कार गरेको आरोपमा मुद्दा चलाइएका सप्तेश्वर गाविस-८ का १८ वर्षीय सन्देश राईलाई जिल्ला अदालत खोटाङले मङ्सिर २४ गते दश वर्षकैद साजयको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीशर् इश्वरीप्रसाद गौतमको एकल इजलासले आरोपितविरुद्ध बलत्कार गरेको आरोपमा पाँच र अशक्त महिला बलात्कार गरेवापत पाँच वर्षगरी दश वर्षो फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार भीष्म भट्टराईले बताए । आरोपितले ०७० फागुन २६ गते महिलामाथि बलात्कार गरेका थिए । यस घटनाको ढाकछोपका लागि आरोपितका आफन्तले दुई लाख रुपियाँ खर्च गरेका थिए । यद्यपि जिल्लास्थित मानवअधिकार आयोग, इन्सेक, महिला मानवअधिकार रक्षक, पत्रकारलगायतको विरोधपछि कारबाही प्रक्रिया अघि बढेको थियो । पीडितले फागुन २७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा आरोपितलाई फागुन २९ गते प्रहरीद्वारा गिरफ्तार गरिएकोमा बिना अनुसन्धान ०७० चैत ६ गते रिहा गरिएको थियो । अधिकारकर्मीहरुको चर्को दबावपछि आरोपितलाई प्रहरीले पुनः ०७० चैत १२ गते मोरङबाट गिरफ्तार गरी मुद्दा चलाएकोमा चैत २८ गते पुर्पक्षका लागि कारागार शाखा दिक्तेलमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो । पीडित महिलाको ०७० फागुन २७ गते बाक्सिला स्वास्थ्य चौकीमा र चैत १३ गते जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरिएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis