Incident Reports

पतिलाई कारबाहीको माग गर्दै उजुरी

2014-12-13

Province 1, Khotang, Ainselukhark

DM Chamling Rai खोटाङ । ०७१ मङ्सिर २७ गते ऐसेलुखर्क गाविस-१ की २६ वर्षीया भावना निरौलाले खानलाउन नदिई हिंसा गर्ने पति २८ वर्षीय भक्तबहादुर निरौलालाई कारबाहीको माग गर्दै मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलको नागरिक सहायता कक्षमार्फत प्रहरीलाई उजुरी दिएकी छिन् । दश वर्षअघि सामाजिक परम्पराअनुसार विवाह गरेपश्चात पतिले बारम्बार हेलाहोचा तथा हिंसा गर्दै आएको, शारीकि तथा मानसिक यातना दिँदै आएको पीडितले बताइन् । विवाहपश्चात जन्मिएको दुई जना छोराछोरीलाईसमेत वेवास्ता गरी अलपत्र बनाएको पीडितद्वारा पेश गरिएको उजुरीमा उल्लेख छ । पतिले आर्थिकरूपमा समेत आफूलाई वेवास्ता गरेपछि व्यवहार सम्हाल्न समस्या भएको बताइन् । पीडितको उजुरीको आधारमा आरोपितलाई झिकाएर आवश्यक छलफल गराइने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका अर्सइ मनोज यादवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis