Incident Reports

महिला मृत फेला

2014-12-12

Province 1, Khotang, Khotehang

RSS खोटाङ, मंसिर २६ - घाँस काट्न गएकी एक महिला मृत फेला परेकी छन् । जिल्लाको दक्षिणी गाविस सावाकटहरे-३ की ३१ वर्षीया खुसमायाँ भुजेल बिहीबार साँझ मृत फेला परेकी हुन् । शारीरिक रुपमा अपाङ्ग रहेकी खुसमायाँ बिहान घाँस काट्न जङ्गल गएको पारिवारिक स्रोतले जनाएको छ । बिहान सबेरै उठेर घाँस काट्न भन्दै घरबाट हिँडेकी उनी दिनभर घर नआएपछि खोजतलास गर्दा नागी भन्ने ठाउँमा मृत फेला परेको स्थानीयले जनाएको छ । घटनाको बारेमा यकिन जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए । खरेलका अनुसार मृत खुसमायाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै छ ।

0 Comments

Related Reports
Related Trend Analysis