Incident Reports

बलात्कार आरोपितलाई ६ वर्षकैद सजाय

2014-12-17

Bagmati, Bhaktapur, Suryabinayak

Ramila Tandukar १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर नपा-२ बस्ने २९ वर्षीय अनिल कोजुलाई जिल्ला अदालत भक्तपुरको मङ्सिर २९ गतेको इजलासले दोषी ठहर गरी ६ वर्षकैद सजायको फैसला सुनाएको छ । साथै झुठो बकपत्र दिएको आरोपमा पीडितकी आमालाई पनि एक हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधिश नागेन्द्रलाल कर्णको एकल इजलासले यस्तो फैसला गरेको हो । बालिकालाई ०७१ जेठ २ गते राती भक्तपुर कमलविनायकमा रहेको फेमिली गेस्ट हाउसमा करणी गरेको आरोपमा आरोपित कोजुलाई जेठ २ गते गिरफ्तार गरिएको थियो । घटनाको भोलिपल्ट पीडितकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा उजुरी दिएकी थिइन् । पीडितको उपचार ०७१ जेठ ३ गते थापाथलीस्थित प्रसुती तथा स्त्री रोग शाखामा भएको प्रहरीले जनाएको छ । रमिला तण्डुकार

0 Comments