Incident Reports

बलात्कार प्रयासका आरोपितलाई २ वर्ष६ महिना कैद सजाय

2014-12-17

Bagmati, Bhaktapur, Suryabinayak

Ramila Tandukar १६ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दोलखा बोझ गाविस-१ घर भई हाल भक्तपुर बस्ने २१ वर्षीय विनोद बस्नेतलाई जिल्ला अदालत भक्तपुरले २ वर्ष ६ महिना कैद सजाय तथा झुठो बकपत्र दिएको आरोपमा जाहेरीवालालाई पनि एक हजार रुपियाँ जरिवाना फैसला गरेको छ । जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णको एकल इजलासले मङ्सिर २८ गते सो फैसला गरेको हो । घर जाने सवारी साधन कुरेर बसेकी बालिकालाई घर लगी दिने भन्दै बा १ ख ४४६० नम्बरको मिनीट्रकमा राखेर बस्नेतले बलात्कार प्रयास गरेको आरोपमा ०७१ भदौ १० गते भक्तपुर प्रहरीले गिरफ्तार गरेको थियो । भदौ ८ गते राती ९ बजे दुवाकोट जाने सवारी साधन कुरेर बसेकी बालिकालाई मिनीट्रकमा राखेर झौखेलको बाँसघारी पुर्‍याएर बलात्कारको प्रयास गरेको भन्दै बालिकाले प्रहरीमा भदौ ९ गते उजुरी गरेकी थिइन् । बलात्कारको प्रयास भइरहेको बेला प्रतिकारमा ती बालिका चिच्याएपछि स्थानीयले उद्धार गरेको प्रहरीको भनाइ छ । पीडितको त्रिविवि शिक्षण अस्पतालमा भदौ ९ गते स्वास्थ्य जाँच गरिएको थियो । रमिला तण्डुकार

0 Comments