Incident Reports

पत्नीको खुट्टा भाँचेर १० दिनसम्म घरैमा बन्धक

2014-12-17

Province 1, Morang, Ratuwamai

गोविन्दपुर गाविस- ७ की २५ वर्षीया पार्वती सहनीलाई उनका पतिले दाउरा प्रहार गरी खुट्टा भाँचेर घर भित्रै लुकाई राखेको घटना पुस २ गते र्सार्वजनिक भएको छ । घाइतेको उपचार विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भइरहेको छ । घटनाको विषयमा माइतीपक्षले इलाका प्रहरी कार्यालय सिजुवामा मङ्सिर २९ गते दिएको उजुरीका आधारमा आरोपित ३० वर्षीय विजय तियरलाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ । उनका पतिले घरायसी विवादलाई लिएर पत्नीको दाहिने खुट्टा भाँचिदिएर १० दिनदेखि घरमा लुकाइ राखेको अवस्थामा छिमेकीले थाहा पाइ माइती पक्षलाई खबर गरेका थिए । सो घटनामा पीडितका ससुरा ५५ वर्षीय सुलेश तियर, सासू प्राणवती तियर, जेठाजु कुस तियरलगायतले समेत विभिन्न समयमा शारीरिक र मानसिक यातना दिएको पीडितका माइत पक्षको आरोप छ । छोरीको चार वर्षघि परम्परागत विवाह गर्दा दाइजोस्वरुप २५ हजार रुपियाँ र एउटा बाछी दिए पनि विभिन्न वहानामा शारीरिक तथा मानसिक यातना दिएको पीडितकी आमा सुमिता सहनीले बताइन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाका सई लीलानाथ बजगाईँले जानकारी दिए । सुकदेब चौधरी गोविन्दपुर गाविस- ७ की २५ वर्षीया पार्वती सहनीलाई उनका पतिले दाउरा प्रहार गरी खुट्टा भाँचेर घर भित्रै लुकाई राखेको घटना पुस २ गते र्सार्वजनिक भएको छ । घाइतेको उपचार विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भइरहेको छ । घटनाको विषयमा माइतीपक्षले इलाका प्रहरी कार्यालय सिजुवामा मङ्सिर २९ गते दिएको उजुरीका आधारमा आरोपित ३० वर्षीय विजय तियरलाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ । उनका पतिले घरायसी विवादलाई लिएर पत्नीको दाहिने खुट्टा भाँचिदिएर १० दिनदेखि घरमा लुकाइ राखेको अवस्थामा छिमेकीले थाहा पाइ माइती पक्षलाई खबर गरेका थिए । सो घटनामा पीडितका ससुरा ५५ वर्षीय सुलेश तियर, सासू प्राणवती तियर, जेठाजु कुस तियरलगायतले समेत विभिन्न समयमा शारीरिक र मानसिक यातना दिएको पीडितका माइत पक्षको आरोप छ । छोरीको चार वर्षघि परम्परागत विवाह गर्दा दाइजोस्वरुप २५ हजार रुपियाँ र एउटा बाछी दिए पनि विभिन्न वहानामा शारीरिक तथा मानसिक यातना दिएको पीडितकी आमा सुमिता सहनीले बताइन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाका सई लीलानाथ बजगाईँले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis