Incident Reports

बलात्कारका आरोपितलाई अदालतद्वारा सफाइ

2014-12-17

Madhes, Siraha, Bhagawanpur

Durga Pariyar बलात्कारका आरोपित सोठियाइन गाविस- ६ का २० वर्षीय भुवन यादवलाई जिल्ला अदालत सिरहाले पुस १ गते सफाइ दिने फैसला गरेको छ । जिल्ला अदालत सिरहाका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले सो फैसला गरेको सहायक सरकारी वकिल हेमचन्द्र रेग्मीले बताए । पीडित तथा उनका परिवारले अदालतमा गई बलात्कार नभएको बयान दिए पछि आरोपितलार्इ सफाइ दिने फैसला भएको रेग्मीले बताए । एक १७ वर्षीया बालिकालाई आरोपितले ०७१ साउन १६ गते बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा साउन २० गते जाहेरी दिएकी थिइन् । पीडित वालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन २० गते भएको थियो । आरोपित यादव जिल्ला अदालतमा कात्तिक २७ गते हाजिर भएर तारेखमा रिहा भएका थिए । दुर्गा परियार

0 Comments