Incident Reports

सामूहिक बलात्कारको आरोपमा गिरफ्तार

2014-12-18

Bagmati, Sindhupalchok, Indrawati

Natibabu Dhital १३ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा सिपापोखरे गाविस -७ का २२ वर्षीय प्रेमबहादुर सार्की र सोही ठाउँका २१ वर्षीय गोकुल नेपालीलाई पुस १ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित आफ्नै घरको पूजामा बसेको बेला मङ्सिर २५ गते राती २ बजे आरोपितले बलात्कार गरेको आरोप छ । पीडितको मङ्सिर २६ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । पीडितपक्षको जाहेरी मङ्सिर २६ गते नवलपुर इलाका प्रहरी कार्यालयले दर्ता गरेको र घटना हाल अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपक खड्काले बताए । नातिबावु धिताल

0 Comments