Incident Reports

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा बृद्ध गिरफ्तार

2014-12-18

Province 1, Dhankuta, Chaubise

४३ वर्षीया एक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा राजारानी गाविस-७ का ६४ वर्षीय बृद्ध लालबहादुर राईलाई पुस ३ गते प्रहरीले गिरफ्तार गरेको छ । घर नजिकैको बारीमा घाम ताप्दै बसेकी पीडित महिलालाई बृद्धले मङ्सिर २२ गते बलात्कार गरेका थिए । घटनाको बिषयमा आफन्तले आज मात्र थाहा पाएपछि इलाका प्रहरी कार्यालय राजारानीमा खबर गरी घरैबाट आरोपित बृद्धलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको सई दिनेश अधिकारीले बताए । यसैबीच पीडितका बुबाले आजै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । सोही जाहेरीको आधारमा घटनाको विषयमा आवश्यक अनुसन्धान गरी कानुनी कारवाही अगाडी बढाइने सई अधिकारीले बताए । पीडितको पुस ३ गते जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भयो । पीडित बोल्न, हिड्न र कान सुन्न सक्दिनन् भने आरोपितको पनि स्वास्थ्य अवस्था नाजुक रहेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रदिपकुमार श्रेष्ठले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis