Incident Reports

स्थानीयले मोसो दलेर बजार घुमाउँदा युवकले होस गुमाए

2014-12-20

Madhes, Bara, Simraungadh

Laxmi Sah Sonar बारा । ०७१ पुस ५ गते स्कुले बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा गोलागञ्ज गाविस -९ का २८ वर्षीय दीपेन्द्र महतो नुनियालाई स्थानीयले टाउको खौरिएर मोसो दलेर पुस २ गते सिम्रौनगढ बजार घुमाउँदा उक्त युवकले चार दिनदेखि होस गुमाएका छन् । 'छोरोलाई बजार घुमाएपछि बोल्न सकेका छैनन्, औषधी उपचार गराउँदै छौं,' पीडितका बुवा शिवजीप्रसाद महतोले भने, 'छोरोले गल्ती गरेको भए कानुन अनुसार सजाय दिएको भए हुन्थ्यो ।' सिम्रौनगढ स्थित कङ्काली उच्चमाविका छात्राहरु पुस २ गते विद्यालयबाट दिउँसो घरतर्फजाँदै गर्दा मदिरा खाएर नशामा रहेका ती युवक बालिकोको जीउमा लडेपछि गाउँलेले उनलाई मोसो दलेर बजार घुमाएका थिए । सुरुमा विद्यालयमा लगेर उनलाई केहीबेर थुनेपछि प्रअ रामकलश चौरसियाको रोहबरमा स्थानीयले मोसो दलेर बजार घुमाउने निर्णय गरेका थिए । पीडितलाई बजार घुमाउँदै गर्दा इलाका प्रहरी कार्यालय सिम्रौनगढका इन्सपेक्टर बिनोद धितालले उनलाई उद्धार गरी संरक्षण दिएको स्थानीय पत्रकार रामेश्वर मेहताले बताए । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis