Incident Reports

बलात्कार प्रयासका आरोपित असई धरौटीमा रिहा

2014-12-22

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai एक १८ वर्षीया एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा गिरफ्तार गरिएका बराहापोखरी प्रहरी चौकीका असई राजेन्द्रप्रसाद यादवलाई जिल्ला अदालतले ४० हजार रुपियाँ धरौटी लिएर पुस ६ गते रिहा गर्न आदेश दिएको छ । मानसिक सन्तुलन गुमाएकी युवतीलाई कात्तिक ९ गते बलात्कार प्रयास गरेको आरोपमा कात्तिक १० गते गिरफ्तार गरिएका यादवलाई जिल्ला न्यायाधीशर् इशवरीप्रसाद गौतमको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको श्रेष्तेदार भीष्म भट्टराईले जानकारी दिए । राति कोठामा सुतिरहेकी युवतीमाथि असईले बलात्कार प्रयास गरेको आरोपमा जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएकोमा जिल्ला अदालतको आदेशमा आरोपित मङ्सिर ९ गतेदेखि पुर्पक्षका लागि थुनामा कारागार शाखा दिक्तेलमा रहेका थिए । डिएम चाम्लिङ राई

0 Comments