Incident Reports

बालिका बलात्कारमा संलग्नलाई नौवर्षकैद फैसला

2014-12-22

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa १३ वर्षीया एक बालिकालाई बलात्कारको ठहर गर्दै भारतको वेतिया घर भइ लेखनाथ नपा-१ बस्ने २४ वर्षीय सोयल अन्सारीलाई जिल्ला अदालतले पुस ६ गते नौ वर्षकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको इजलासले आरोपितलाई नौ वर्षकैद र पीडितलाई १ लाख रूपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । अन्सारीले बालिकालाई ०७१ साउन ९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा साउन १० गते उजुरी दिएका थिए । अन्सारीलाई प्रहरीले साउन १० गते पोखरा उमनपा-५ पर्स्याङबाट गिरफ्तार गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा जिल्ला अदालतको आदेशमा भदौ ५ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साउन १० गते स्वास्थ्य परीक्षण गरिएको थियो । सनबहादुर थापा

0 Comments